रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
शुक्रवार राति आएको हावाहुरीले दाङमा ८० भन्दा धेरै घरको छाना उडायो, १ करोड रुपैयाँको क्षति

दाङ, ८ जेठ । दाङको देउखुरीमा पनीसँगै आएको हावाहुरीले ८० वटा भन्दा धेरै घरको छाना उडाएको छ । गएको शुक्रवार राति आएको हावाहुरी र पानीले राप्ती गाउँपालिका वडा नम्बर ३ मा ३२ वटा घरको छानो उडाएको हो । वडा नम्बर ३ मा ४० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभएको छ ।
हावाहुरीसँगै आएको पानीले वडा नम्बर ३ को मसुरीया, नयाँबस्ती, बागढड्डी लगायतका गाउँमा खर, टिन र टायलले छाएको बस्ने घर, गोठ र भान्सा घरको छाना उडाएको छ ।
त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ४ मा ५० वटा भन्दा धेरै घरको छाना उडाउनुका साथै घरभित्र भएका अन्नपात, लत्ताकपडा भिजेर ५५ लाख रुपैयाँ बराबरको क्षति भएको वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयो । वडाध्यक्ष चौधरीका अनुसार वडा नम्बर ४ को मौरीघाट, खिनैटा, मझनीगढ, पैसठ्ठी नम्बर, सुन्दरपुर, पिपरखुटी, नयाँगाउँमा हावाहुरीले क्षति पुर्याएको हो ।
हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ४ पैसठ्ठी नम्बर मौरीघाटकी २९ वर्षीया प्रमिला चौधरी घाइते हुनुभएको छ । नजिकैकै मण्डलीमा काम गरिरहेका बेला हावाहुरीले उडाएको टिनले चौधरीको बायाँ खुट्टाको कुरकुच्चा काटेको छ । गहिरो घाउ भएपछि चौधरीलाई तत्काल लमहीको प्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।
घटनाको थप विवरण आउने क्रम जारी छ । शनिवार बिहानैदेखि वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी र वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको टोलीले आ–आफ्नो वडामा क्षतिको विवरण सङ्कलन गरिरहेका प्रहरीले जनाएको छ ।
शुक्रवार राति आएको हावाहुरीले पुर्याएको क्षतिबारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थलगत अनुगमन गर्नुभएको छ । क्षति भएका घर परिवारलाई पालिकाको तर्फबाट र नेपाल सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउने बताइएको छ ।
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]