चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
शुक्रबार साँझ आएको हावाहुरीले भरतपुरमा ४१ घण्टादेखि विद्युत् अवरुद्ध,पूर्ण रुपमा संचालनमा आउन पाँच दिन लाग्ने

चितवन, ८ जेष्ठ । शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुरको विद्युत सेवा आइतबार मध्यान्हसम्म पनि सञ्चालनमा आउन सकेको छैन । विद्युत् प्राधिकरणको भरतपुरका प्रमुख राजिवकुमार सिंहका अनुसार भरतपुर सबस्टेसनबाट वितरण भएको बिजुली सेवा अवरूद्ध छ ।
भरतपुरमा हावाहुरीले झण्डै १ सय पोल ढलेका छन् भने ठाँउठाँउमा तार चुडिएका छन् । ढलेका पोल र तार मर्मताका लागि प्राधिकरणले ६ टोली परिचालन गरेको सिंहले बताउनुभयो । उहाँले अस्पताल र सुरक्षा निकायलाई पहिलो प्राथमिकतामा राखेर विद्युत सूचारु गरिएको बताउनुभयो । उहाँले आंशिक रुपमा विद्युत सूचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन अझै पाँच दिन लाग्ने जानकारी दिनुभयो ।
चनौली सबस्टेसनबाट वितरण हुने बिजुलीमा भने समस्या छैन । भरतपुर पश्चिममा बिजुली छ तर सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ बजार क्षेत्र र पूर्वी चितवनको रत्ननगर खैरहनीसम्म बिजुली छैन । शनिबार साँझबाट बिजुली सेवा सुरू गर्ने उद्देश्यले दिनभर काम भएको थियो । तर विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन ।
शनिबार राति अवेरसम्म संवेदनशील क्षेत्रमा आपूर्ति सुरू गर्ने योजनाका साथ काम जारी राखेको प्राधिकरणले जनाएको छ ।
बिजुली लामो समय नहुँदा मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । शुक्रबारको हावाहुरीका कारण तीनजनाको ज्यानसमेत गएको छ । कम्तीमा १० जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]