Listen Live: 

विश्वभर प्रदूषणका कारण ९० लाख मानिसको मृत्यु

Radio Chitwan
बुधबार, जेष्ठ ४, २०७९

न्युयोर्क, ४ जेठ । सन् २०१९ मा प्रदूषणका कारण विश्वभर ९० लाख मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ । बाहिरको हावामा सास फेर्दा मृत्यु बढेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । हावा, पानी र माटोमा मानवका कारण उत्पनन फोहोरले विरलै मानिसलाई तत्काल मार्छ । तर, यसले हृदय रोग, क्यान्सर, श्वासप्रश्वास समस्या, पखाला र अन्य गम्भीर रोगहरू निम्त्याउछ ।
प्रदूषण र स्वास्थ्यसम्बन्धी ल्यान्सेट आयोगले विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव ‘युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको’ जनाएको छ । ‘प्रदूषण मानव स्वास्थ्य र ग्रह अस्तित्वमा खतरा हो । यसले आधुनिक समाजको दिगोपनलाई खतरामा पार्छ’, अध्ययनमा भनिएको छ ।
यदि हामीले स्वच्छ र हरियाली तरिकाले उत्पादनका लागि व्यवस्थापन गर्न सकेनौँ भने डरलाग्दो गल्ती गरिरहेका छौंँ’, रिपोर्टका प्रमुख लेखक रिचर्ड फुलरले भने । रसयानिक प्रदूषणले जैविक विविधतालाई पनि हानी गरेको र यो अर्को चुनौती भएको उनले बताए । ‘यी चीजहरू भयानक रूपमा जोडिएका छन्’, उनले थपे ।
समग्रमा विश्वव्यापी रूपमा ६ जनामा एक जनाको अकाल मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । घरभित्रको वायु प्रदूषण, असुरक्षित पिउने पानी र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने धेरै सुधार आएको अन्वेषकहरूले बताएका छन् ।
दक्षिण र पूर्वी एसियामा औधोगिकरणसँग जोडिएको अकाल मृत्यु भने बढेको विज्ञहरुले बताएका छन् । लेन्सेट प्लेन्टरी हेल्थमा प्रकाशित सो अध्ययनमा सन् २०१९ मा व्यापक वायु प्रदूषणले ४५ लाखको ज्यान गएको थियो । जबकी सन् २०१५ मा ४२ लाख र सन् २००० मा २९ लाखको मृत्यु भएको थियो । रासायनिक प्रदूषण पनि बढ्दै गएको छ । सिसाको विषाक्तताले मात्र ९००००० जनाको मृत्यु भएको छ ।
सन् २०२१ मा अल्जेरियाले पेट्रोलमा लिडमाथि प्रतिबन्ध लगाएका थियो । यस्तो प्रतिबन्ध लगाउने उ अन्तिम देश हो । तर, लिड–एसिड ब्याट्री र विद्युतीय फोहरको अनियमित पुनप्र्रयोगका कारण मानिसहरू विषाक्त पदार्थमा निरन्तर ‘एक्सपोज’ भइरहे । यसमा दूषित मसला पनि जिम्मेवार छ ।

आन्य समाचारहरु:-
April 12, 2024
प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]

April 5, 2024
एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन परिसरमा 

  काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]

April 5, 2024
आठ महिनामा नौ खर्ब ६१ अर्ब भित्रियो रेमिट्यान्स

आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि […]

April 5, 2024
सम्भावित आक्रमणबाट जोगिन  इजरायलका विभिन्न क्षेत्रमा जीपीएस प्रणाली अवरुद्ध

इरानसँगको तनाव बढ्दै गएपछि मिसाइल र ड्रोनलाई रोक्न  इजरायलले आफ्ना विभिन्न ठाउँमा जीपीएस अवरुद्ध गरेको छ । इरानले गएको सोमवार सिरियामा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा इजरायलले आक्रमण गरेपछि बदला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram