चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
चार सय २३ पालिकाको मतपरिणाम सार्वजनिक: एमालेको १२०, कांग्रेसको १९४ र माओवादीको ८३

काठमाण्डौ, ४ जेठ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय २३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । एक सय दुई वटा नगरपालिका र तीन सय २१ वटा गाउँपालिका गरी चार सय २३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले:
पालिका चुनावको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म २९ वटा नगरपालिका र ९१ वटा गाउँपालिका गरी एक सय २० वटा पालिकाको प्रमुख पद जितेको छ ।
एमालेले ३३ वटा नगरपालिकाको उपमेयर र ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी एक सय २२ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमालेले एक हजार ५ सय ९ वटा वडामा अध्यक्षमा जित हासिल गरेको छ ।
कांग्रेस:
सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म एक सय ९४ वटा पालिकामा जितेको छ । ५५ वटा नगरपालिका र एक सय ३९ वटा गाउँपालिका गरी कांग्रेसले एक सय ९४ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको हो ।
यस्तै कांग्रेसले ४७ वटा नगरपालिकाको उपमेयर र एक सय ३९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८६ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ९ सय ३९ वटा वडामा अध्यक्ष जितेको छ ।
माओवादी केन्द्र
चार सय २० पालिकाको नतिजा आउँदासम्म माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ८३ वटा पालिकाको प्रमुख पद जितेको छ ।
यस्तै माओवादी केन्द्रले १५ वटा नगरपालिकाको उपमेयर र ७६ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ९१ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादीले आठ सय २१ वटा वडामा अध्यक्ष पदमा जितेको छ ।
नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर र ५ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । त्यस्तै एकीकृत समाजवादीले चार वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।
स्वतन्त्रर अन्य दल
निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अरु दलबाट गरी अहिलेसम्म १५ जना पालिकाको मेयर तथा अध्यक्षमा विजयी भएका छन् । जसमध्ये जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले तीन वटा गाउँपालिकामा अध्यक्ष जितेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा पालिकामा जितेको छ । नेपाल मजदुर किसान पार्टीले एक नगरपालिकामा मेयर जितेको छ । अरु चार वटा स्वतन्त्र रहेका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र तथा अन्य गरी २ वटा नगरमा उपमेयर तथा ९ वटा गाउँपालिकामा उपाध्यक्ष गरी ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]