काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
भरतपुर महानगरमा विजय सुवेदीको ५८ मतले अग्रता

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा एमालेका उम्मेदवार विजय सुवेदी ५८ मतले अग्रता लिएका छन् ।
सुवेदीलाई गठबन्धनका उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । महानगरमा १३ हजार ९३० मत गणना हुँदा एमालेका सुवेदीले चार हजार ७२७ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले चार हजार ६६९ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी पाँच हजार ५५७ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले तीन हजार ७६४ मत ल्याएकी छन् । वडा अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ७४ मत, एमालेको ७२४ र राप्रपाको ४२० मत आएको छ ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]