कालिका । नेकपा एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन खाेलेसिमलमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका पाेलिटब्यूराे सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन […]
संसद् निरन्तर अवरोध हुने भए संसद् भङ्ग गरेर चुनावमा जानुपर्ने अध्यक्ष नेपालको धारणा

काठमाण्डौ,फागुन २२ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले संसद् निरन्तर अवरोध हुने भए संसद् भङ्ग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
संसद् चल्न नदिएर संसदलाई पङ्गु बनाइएको भन्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डालाई सामना गर्नका लागि संसद् भङ्ग गर्नुपर्ने बताउनुभयो ।
संसद भङ्ग गरिदिए केपी ओलीको हङ्गामा गर्ने ठाउँ नरहने उहाँको टिप्पणी छ । अध्यक्ष दाहालले भन्नुभयो, ‘हाउस चल्न पनि नदिने । केही गतिविधि गर्न पनि नदिने । हाउसलाई पङ्गु बनाउने, भत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको बितन्डाको सामना गर्नलाई यसलाई भङ्ग गरिदिने । न संसद् रहन्छ । न हङ्गामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने ।’
आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिएको थियो । यसैबीच प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २९ गते आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई […]
काठमाडौं- नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए । सांसदबाट तेस्रो पटक विश्वासको मत […]