काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]
यूएईमा महिलालाई दुर्व्यवहार गरेमा एक वर्ष भन्दा बढी कैद, दश हजार दिर्हाम जरिबाना
फागुन २२ । महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको छ ।
यूएईको सार्वजनिक अभियोजन पब्लिक प्रोसिक्युशनपीपीले बोली वा क्रियाकलाप जुनसुकै तरिकाले पनि सार्वजनिक स्थल तथा सडकमा महिलालाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । यूएईको संघीय कानुन २०२१ को ३१ नम्बर अन्तर्गत धारा ४१२ ले यस्तो कार्य गर्नेलाई एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको छ ।
यस्तै महिलाको नक्कली भेष धारण गरेर महिलाको लागि आरक्षित ठाउँमा जाने वा त्यस्तो भेषमा पुरुषलाई निषेध गरिएको क्षेत्रमा गएमा पनि धारा ४१२ अनुसारकै कारबाही हुन्छ । यस्तो क्रियाकलाप गर्ने पुरुषको नियत गलत हुने र अपराध गर्नसक्ने भएकाले यो अपराधलाई पनि गम्भीर रुपमा लिइएको छ ।
काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]
एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]
काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]