Listen Live: 

चितवनमा ६० प्रतिशत मत खस्यो

Radio Chitwan
शुक्रबार, बैशाख ३०, २०७९

चितवन, ३० बैशाख । चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । उनकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए । ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ । केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने । ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए ।
चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्रायस् गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ । गठबन्धनले ‘चिट आतंक’ मच्चाएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाई गर्न निर्देशन दिइएको उनले बताए ।

आन्य समाचारहरु:-
June 22, 2024
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ […]

June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram