काठमाडौँ, चैत १९( पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं(दुबई उडान ११ घण्टा डिले भएको छ । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको […]
एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो

काठमाडौं, फागुन २२ । युक्रेनी फौजले शनिबारमात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ ।
उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको युक्रेनी रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले ट्वीट मार्फत् भिडियो सार्वजनिक गर्दै रुसी लडाकु विमान खसालिदिएको जनाएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार घटनामा विमानका एक सहचालक ‘मेजर क्रिभोलापोभ’ को मृत्यु भएको छ ।
विमानका अर्का सहचालक ‘क्रास्नोयात्र्सेभ’ विमानबाट प्याराशुटमार्फत उम्केको जनाइएको छ । उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् ।
त्यस्तै, अर्को घटनामा युक्रेनी फौजले मुलुकको दक्षिणमा पर्ने मिकोलायेभ शहर नजिक अर्को रुसी लडाकु विमान खसालेको छ ।
युक्रेनको नेक्स्टा टेलिभिजनले जनाएअनुसार यस घटनामा पनि एकजना रुसी विमानचालकलाई नियन्त्रणमा लिइएको छ ।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]
असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार […]
१४ जेष्ठ । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर […]