Listen Live: 

कास्कीमा मतदानको दिन बिहान ६ बजेदेखि राती १२ बजेसम्म सवारी चलाउन नपाइने

Radio Chitwan
बिहिबार, बैशाख २९, २०७९

पोखरा, २९ बैशाख । कास्कीमा मतदानको दिन बिहान ६ बजेदेखि मात्रै गाडी बन्द हुने भएको छ । ७ बजेदेखि हुने मतदानका लागि १ घण्टा अघिदेखि गाडी सञ्चालनमा रोक लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेसम्म गाडी चल्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारीदिए ।
प्रशासनले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र स्थानीय तह सदस्य निर्वाचन कार्यविधि अनुसार सवारी अनुमति (पास) लिएकाबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित रुपमा सम्पन्न गर्न गाडी रोकिएको उनले बताए ।प्रशासनको सूचना अटेर गरे कानुन अनुसार कारबाही हुने बताइएको छ । गाडी बन्द हुने व्यवस्था जिल्ला अनुसार फरक छ । तनहुँमा भने विहान ५ बजेदेखि नै ठप्प पारिएको छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram