कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही गर्यो

काठमाडौं, २८ बैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ । काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् ।
यस्तै २९ जना पत्रकारलाई पनि कारवाही गरिएको काउन्सिलले जनाएको छ ।
कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।
प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो ।
निर्वाचन आयोगले मिडियाले निर्वाचन अचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो । सोही अनुसार काउन्सिलले अनुगमन गरी कारवाही गरेको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

