कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
वैशाख ३० गते निर्वाचनको दिन सार्वजनिक विदा

काठमाडौं, २६ बैशाख । सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।
यही वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]