कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अनिल परियार हत्याकाण्डः भरतपुरमा एक घण्टा चक्काजाम

चितवन, २६ बैशाख। ‘नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्याको विरोधमा चितवनको भरतपुरस्थित चौविसकोठीलगायत क्षेत्रमा एक घण्टा चक्काजाम गरिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुरस्थित चौविसकोठी, सिएमसी गेट र क्याम्पस गेट अगाडि एक घण्टा चक्काजाम गरिएको हो । हत्याको विरोधमा स्वतस्फूर्त रुपमा निश्किएका युवाहरुले चक्का जाम गरेका हुन् ।
उनीहरुले एउटा गाडीमा सामान्य क्षति समेत पुर्याएका थिए । तरुण दल चितवनले हत्याको विरोधमा दिउँसो मोटरसाइकल ¥याली समेत निकाल्दैछ । जिल्ला अध्यक्ष राजन ताम्राकारले घटनाको विरोधमा शान्तिपूर्णरुपमा विरोध र्याली निकाल्न लागिएको जानकारी दिए ।
भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित नगर प्लटिङ क्षेत्रमा राति करिव ७ः३० बजेको समयमा अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ का अनिल परियारको मृत्यु भएको थियो । उनको शव अहिले पनि चितवन मेडिकल कलेज शवगृहमा रहेको छ । मृतक परियार नेपाली कांग्रेस चितवन प्रदेश क्षेत्र नं।२ ९ख०बाट निर्वाचित प्रदेश प्रतिनिधि समेत थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले घटनामा संलग्न रहेकाहरुको नजिक अनुसन्धान पुगेको जनाएका छन् । उनले छिट्टै दोषी पत्तालगायतर घटनाको सत्यतथ्य छानविन गरिने बताए । घटनामा संलग्न दोषीलाई छिटो पक्राउ गरि सार्वजनिक गर्न नेपाली कांग्रेस, नेविसंघ, तरुण दलले विज्ञप्ती जारी गर्दै माग गरेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

