कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरमा विजयलाई विजयी बनाउनोस्, विकासको जिम्मा मेरो होः केपी ओली

चितवन, २५ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफ्नो भएको बताएका छन् । नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले भरतपुरमा मेयरका उम्मेदवार विजयी सुवेदीलाई विजयी गराए विकासको जिम्मा आफूले लिने बताएका हुन् । उनले प्रचण्डले मेरो छोरीलाई जिताएन भने भनेर कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको बताए । ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे । ओलीले कांग्रेसका कार्यकर्ताप्रति सहानुभूति प्रकट गरे । जिन्दगीभर कांग्रेस भनेर हिंडेका कार्यकर्ताहरुको मन रोएको भन्दै उनले देश बनाउने अभियानमा लागेको एमालेमा आउन आग्रह गरे ।

साथै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गठबन्धनको नाममा प्रचण्ड र देउवाको बीचमा रहेको नक्क्ली प्रेम धेरै दिन नटिक्ने दाबी गरेका छन् । उहाले नेकपा एमालेका उपाध्यक्ष पाण्डेले भरतपुरमा भएको चुनावी सभामा देउवाले रेनु दाहाललाई मैले उम्मेदवार बनाएको हो भन्नु लाजमर्दाे भएको बताए । उनले भरतपुरमा भएको बिगतको स्थानीय तहको निर्वाचनको स्मरण गर्दै अन्तिम क्षणमा आएर मतपत्र च्यातेर, मतपत्र निलेर नांगो ढंगले एमालेलाई भरतपुरमा हराउने काम भएको बताए ।

साथै नेकपा एमालेका वाग्मती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले दुई तिहाई सिटमा विजय हासिल गर्ने दाबी गरेका छन् । उहाले एमालेको चुनावी सभामा बोल्दै उनले विगतको निर्वाचनमा ५२ प्रतिशत सिटमा विजय हासिल गरेको भए पनि यसपटक दुई तिहाई सिटमा विजय हासिल गर्ने बताए । उनले यसपटकको निर्वाचनमा एमालेले कीर्तिमान कायम गर्ने गरी विजय हासिल गर्ने दाबी गरे । उनले पहिलो पटक यो देशमा एमालेले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा व्यापकरुपमा अत्यन्तै महत्वपूर्ण काम अगाडि बढाएको विचार राखे । देशको नक्सा बदलेको छ नेकपा एमालेले । देशलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराउँदै एमाले अगाडि आएको छ । आज यो देशलाई एउटा बलियो पार्टी चाहिएको छ । समृद्धिका लागि हामी आएका छौं ।’ उनले भरतपुर एउटा सपनाका साथ अन्तर्राष्ट्रियस्तरको महानगर बन्नुपर्ने बताए । उनले भरतपुर मानवीय विकाससहितको महानगर बन्न आवश्यक रहेको बताए ।साथै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गरेका छन् । उनले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको बताए । माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाइ भ्रममुक्त हुन पनि उनले आग्रह गरे । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उनले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताए । गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उनले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए ।
साथै भरतपुर महानगरका एमालेका उम्मेदवार विजय सुवेदीले आफूहरु महानगरमा निर्वाचित भएपछि सबै विदेशिएका युवाहरुलाई भरतपुर फर्कन आव्हान गर्ने बताएका छन् । सुवेदीले भरतपुरमा निर्वाचित भएसँगै पहिलोपटक लगानी सम्मेलन गरेर रोजगारीको सिर्जना गरी युवाहरुलाई फर्कन आव्हान गर्ने बताएका हुन् । उनले युवाहरुलाई भरतपुरमा आमाबुबासँगै बस्न पाउने बनाउन सकिने विचार राख्दै अरु देशका शहरले विकास गरेजस्तै विकास गर्न सकिने बताए । उनले नेपालकै नमुना र बस्न योग्य शहर बनाउन सकिने दाबी गरे । मेयरका उम्मेदवार सुवेदीले विगत पाँच वर्षमा भरतपुरमा मेयरले आफैले शिलान्यास गरेर आफैँले समापन गरेको कुनै योजना नभएको बताए । उनले भने, ‘ नारायणी नदी किनारमा देवघाटसम्म रेलिङ हालेर पार्कको रुपमा विकास गर्ने आफूसँग योजना भएको बताए ।




चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]