काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
चुनावी प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर एक जनाको ज्यान गयो

दाङ, २४ बैशाख । चुनाव प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका १८ वर्षीय खुमराज थापाको ज्यान गएको छ । चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट आज शनिवार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
जीपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा राखेर उपचारका लागी दाङको तुलसीपुर ल्याइएको थियो । गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।
नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलिले उक्त जीप चुनावी प्रचारप्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]