कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्ता विक माथि आक्रमण

चितवन, २२ बैशाख । माओवादी केन्द्रको भातृ संगठन वाईसीएलको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन् । वाईसीएल कालिकाका इन्चार्ज नवराज घलानले उनलाई आक्रमण गरेको आरोप लगाइएको हो । कालिका–३ शान्ति टोल पदमपुर निवासी ३४ वर्षीय विकलाई वाईसीएल कालिकाका इन्चार्ज घलानले गए राति ११ बजे फोन गरी घरबाट बोलाएर आक्रमण गरेका छन् ।
बोलाएर २०० मिटर पर लगि १५÷१६ जनाको समूहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानीयले बताएका छन् । एमालेको भातृ संगठन युवा संघका नगर सदस्यसमेत रहेका विकको अहिले गम्भीर अवस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेकपा एमाले कालिकाका सचिव शुदर्शन अधिकारीले जानकारी दिए । विकको टाउकोमा गम्भीर चोट लागेको छ ।
वाईसीएल कालिकाका इन्चार्ज नवराज घलान यस अगाडि पनि एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरी प्रहरी हिरासतमा रहेका थिए । उनी करिब २०० महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]