Listen Live: 

रत्ननगर-१२ मा कांग्रेसको पार्टी कार्यालय तोडफोड

Radio Chitwan
बुधबार, बैशाख २१, २०७९

चितवन, २१ बैशाख। चितवनको रत्ननगरमा गठबन्धन दलहरुबिच वडा बाडफाडमा चरम असन्तुष्टी देखा परेको छ ।
वडा बाडफाड गर्दा वडा नम्बर १२ माओबादी केन्द्रको भागमा परेपछि असन्तुष्ट वनेका कांग्रेस कार्यकताहरुले वडा पार्टी कार्यालयमा तोडफोड तथा तालावन्दी गरेका हुन् । कांगे्रस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरि कार्यालयमा राखेको कुर्चि टेबल तथा पार्टीको झण्डा सडकमा फालेका हुन् ।
कांग्रेसले नगर सचिव समेत रहेकी अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाई चुनावी प्रचार प्रसारको अन्तिम चरणमा पुगेको बेला गठवन्धनको नाममा माओबादी केन्द्रका सुन्दरमणी सुबेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि बिहानै कांग्रेसका कार्यकर्ताहरु आक्रोषित वनेका हुन् । सो वडामा गठवन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय भएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram