कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकतामा साथ हेरिएकाले गठबन्धनको पक्षमा लाग्न शंकर भण्डारीको आग्रह

चितवन, २१ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले चितवनका कांग्रेसका नेता–कार्यकर्ताले राजनीतिक लगानी र भविष्यबारे चिन्ता लिनु नपर्ने बताएका छन् । चितवनमा कांग्रेस भित्र बढेको असन्तुष्टि मिलाउन चितवन आएका केन्द्रीय सदस्य भण्डारीले भरतपुरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै भरतपुरलाई केन्द्रबाट विशेष प्राथमिकतामा साथ हेरिएकाले गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । गठबन्धनप्रति कांग्रेस पूर्ण जवाफदेही र जिम्मेवार रहेको भन्दै उनले त्यसमा दायाँ–बायाँ नगर्न उनले कार्यकर्तालाई आग्रह गरे ।
पार्टीका साथीहरुको योगदान, लगानी, क्षमताको मूल्यांकन भोलिका दिनमा पार्टीले गर्ने नै छ,’ भण्डारीले भने, ‘यो गठबन्धनका कारणले पार्टीका साथीहरुको राजनीतिक लगानी र भविष्यबारे कुनै पनि साथीहरुले चिन्ता लिनुपर्ने अवस्था छैन, यो विशेष परिस्थितिले गठबन्धन बनेको हो ।’
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन् । गठबन्धन गर्दा मेयर माओवादीलाई दिएका भन्दै यहाँका कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट छन् । कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएर प्रचार थालेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

