चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
मगर बिद्यार्थी संघ चितवनको नेतृत्व कुमार सिंजाली मगरलाई

भरतपुर, १९ बैशाख । भरतपुर महानगरपालिका(७) नेपाल मगर संघ, कृष्णपुरको सभाहलमा ,एक कार्यक्रम बिच नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती चितवन १७ औ जिल्ला अधिबेशन सम्पन्न भएको छ। बिद्यार्थी संघ चितवनको अध्यक्ष अर्जुन थापा मगरको सभाध्यक्षता र मगर बिद्यार्थी संघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष चित्र बहादुर पुलामी मगरको प्रमुख आतिथ्यतमा सो कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा मगर बिद्यार्थी संघकि केन्द्रिय सदस्य गंगा लुङ्गेली मगर,नेपाल मगर संघ बागमती प्रदेश सन्चार सचिब मिलन थापा मगर, नेपाल मगर महिला संघकि केन्द्रिय कोषाध्यक्ष देबि थापा मगर,नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुर सिंह आले मगर लगायत, भातृ संगठनका प्रतिनिधि चितवन जिल्लामा रहेका मगर संघ समितिका
प्रतिनिधि विद्यार्थीहरुको सहभागीता रहेको थियो।
सो अधिबेशनबाट मगर विद्यार्थी संघ चितवनका सचीव समेत भइसकेका कुमार सिंजाली मगरको नेतृत्वमा ३४ जना कार्यसमिति निर्बिरोध निर्बाचित भएका हुन्। सो अधिबेशनबाट मगर बिधार्थि संघ चितवनको उपाध्यक्ष मिलम पाटा मगर,सचिब देउ कुमार थापा मगर,कोषाध्यक्ष प्रीज्मा आले मगर,सहसचिव रुपक पुलामी मगर, सदस्यहरु रश्मि थापा मगर,मुना लम्तरि मगर, सुजन राना मगर,सुजन थापा मगर,दीक्षा राना मगर,सरस्वती थाप मगर,सन्जिब छ्न्ट्याल मगर,निक्षा थापा मगर,प्रतीक श्रीस मगर,नबिना राना मगर,सबिता मास्की मगर,स्वस्तिका थापा मगर,एलएफ पेमि मगर,सौगात थापा मगर,अनिष थापा मगर,उमा राना मगर,खेम राज सारु मगर,पर्वत राना मगर,अमित आले मगर,अमृता थापा मगर,प्रतीक थापा मगर,अनिषा थापा मगर,अस्मिता थापा मगर,सोनाम आले मगर,नितु थापा मगर,प्रतीक्षा राना मगर,कन्चन राना मगर,आरती राना मगर र अमृता थापा मगर सहित निर्बिरोध चयन भएका हुन।
सो कार्यक्रममा केन्द्रिय बरिस्ठ उपाध्यक्ष पुलामी मगरले नयाँ कार्यसमितिलाई थप नयाँ जोश,जागर र रचनात्मक योजना सहित अगाडि बढ्नको लागि शुभकामना व्यक्त गर्नुहुदै मगर बिद्यार्थीहरुको हक हित अधिकारको लागि लड्न सदैव तयार रहन समेत आवश्यक रहेको साथै आफ्नो पहिचान,भेषभुषा धर्म सस्कृतिको जगेर्न प्रती सकारात्मक रहन जरुर रहेको कुरा बताउनुभयो।
पुलामी मगरले चितवनको मगर बिद्यार्थी अक्षय कोषले मगर बिद्यार्थीहरु प्रती लक्षित गरिरहेको कार्यक्रमहरु प्रती खुसी रहेको र अन्य जिल्लाहरुलाइ समेत प्रेरणा मिल्ने कुरा व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा बिद्यार्थी संघकि केन्द्रिय सदस्य लुङ्गेली मगरले नेपालकै मध्य भागमा रहेको चितवनबाट मगर बिद्यार्थीको केन्द्रतह सम्मलाई सकारात्मक प्रभाव पार्न सफल भैसकेको र निरन्तर रुपमा सामाजीक उत्तरदायित्व संगै बिद्यार्थीहरुको हक हित र नेतृत्वदायी कार्यक्रमहरु गर्दै जान समेत अनुरोध गर्नुहुदै आफुले गर्न सक्ने सहयोग निरन्तर गरिरहने समेत कुरा व्यक्त गर्नुभएको थियो।
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]