Listen Live: 

रत्ननगरमा कांग्रेसको घरदैलो कार्यक्रम सुरू

Radio Chitwan
आइतवार, बैशाख १८, २०७९

चितवन, १८ बैशाख । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा (आज) आइतबारदेखि घरदैलो सुरू गरेको छ । मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले वडा नं १ बाट घरदैलोको उद्घाटन गरेका हुन् । वडा नं १ बाट मेयर पदका उमेदवार सापकोटाले उद्घाटन गरेपछि १६ वटै वडामा औपचारिकरुपमा घरदैलो सुरू भएको हो । मेयरका उमेदवार सापकोटाले आइतबार वडा नं १ का हरेक मतदाताको घरघरमा पुगेर मत मागेका छन् । मेयर र उपमेयरमा गठबन्धन गरेका समाजवादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे पनि घरदैलोमा सहभागी भएका थिए ।
सो वडाका वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा, वडासदस्यका उमेदवारहरु खुल्ला सदस्यहरु सूर्यविक्रम चौधरी, गिरिराज लम्साल, महिला सदस्य उमा पौडेल सुवेदी, दलित महिला सदस्य विन्दु मगरातीसहित नेता तथा कार्यकर्ताहरु घरघरमा पुगेर मत मागेका छन् ।
घरदैलोपश्चात भक्तिनी बगैँचामा आयोजित कोणसभामा मेयर पदका उमेदवार सापकोटाले एमालेका जनप्रतिनिधिले पाँच वर्ष नगर चलाउँदा जनअपेक्षाअनुसार काम नगरेको भन्दै नगरको विकास र सुशासन स्थापित गर्न आफूले उमेदवारी दिएको बताए । उनले कृषि र पर्यटनको माध्यमबाट रोजगारी सृजना, बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी, वडा नं २ का वडाध्यक्षका उमेदवार राजेन्द्रप्रसाद घिमिरे, वडा नं ३ का वडाध्यक्षका उमेदवार सोहेन्द्रराज खरेल, वडा नं ४ का वडाध्यक्षका उमेदवार रामकुमार चौधरी, वडा नं ५ का वडाध्यक्षका उमेदवार बालकृष्ण चापागाईं, वडा नं ६ का वडाध्यक्षका उम्मेदवार किरण महतो, वडा नं ७ का वडाध्यक्षका उमेदवार लालबहादुर भट्ट, वडा सदस्यका उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो गरेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram