कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

चितवन,१८ बैशाख । चितवनमा घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।
उनको घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको उनले बताए। खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्ज, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको अधिकारीले बताए। यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]