Listen Live: 

आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

Radio Chitwan
शनिबार, बैशाख १७, २०७९

काठमाण्डौ, १७ बैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
दिउँसो पौने चार बजे मुम्बईमा सुरु हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । यसअघिका ८ खेलमा ७ खेल जितेको गुजरात १४ अङ्ककासाथ शीर्षस्थानमा छ । ९ खेलमा १० अङ्क जोडेको बेङ्ग्लोर पाँचौँ स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।
खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । राजस्थान ८ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छ । अहिलेसम्म खेलेका ८ खेलमा पराजित मुम्बई अङ्कतालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई २० रनले हराएको थियो ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram