काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]
युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब
युक्रेन युद्धका बारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब बढ्दै गएको छ । दुई देशबीचको सङ्कट समाधानका लागि वार्ता र कुटनीतिमा जोड दिँदै भारत संयुक्त राष्ट्रको महासभामा भएको मतदानमा तटस्थ बसेको थियो । आफ्नो आधिकारिक धारणामा पनि भारतले क्षेत्रीय अखण्डताको महत्त्वको बारे चर्चा गरेको छ तर रुस वा युक्रेनको बारेमा ठोस अडान लिएको छैन ।
भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताउनुभएको छ भने अमेरिकाका वरिष्ठ कुटनीतिज्ञ डोनाल्ड लूले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
मस्कोबाट भारतले झन्डै ५० प्रतिशत रक्षा सामग्री आयात गर्छ । साथै रुस र भारत विश्वव्यापी मामिलामा भरपर्दो साझेदार हुन् । त्यसैगरी अमेरिकासँग पनि भारतको सम्बन्ध पछिल्ला दुई दशकदेखि बढ्दो क्रममा छ ।
युक्रेनबारे भारतको अडानलाई लिएर वाशिङ्टन र मस्कोबाट आएका फरक–फरक बयानले भारतको चुनौती प्रस्ट्याउने विश्लेषकलाई उद्धृत गरी बीबीसीले जनाएको छ । दिल्ली सामु पश्चिमा देश र रुस दुवैसँगको रक्षा र कुटनीतिक सम्बन्ध सन्तुलनमा राख्नुपर्ने अवस्था देखापरेको छ ।
काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]
एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]
काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]