Listen Live: 

भरतपुरमा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने

Radio Chitwan
शुक्रबार, बैशाख १६, २०७९

चितवन,१६ बैशाख । गठबन्धनलाई सबैभन्दा अफ्ठ्यारो परेको चितवनस्थित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने भएको छ । सत्ता गठबन्धनबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउने गरी भएको तालमेल अवज्ञा गर्दै कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको उम्मेदवारी फिर्ता नहुने भएको हो ।

कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालसमेतको अनेकन प्रयासबीच पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने प्रष्ट गरेपछि अफ्ठ्यारो भएको हो । अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता–कार्यकर्ताले यस पटक सुरुदेखि नै गल्ती नदोहो¥याउन पार्टी नेतृत्वलाई पटक पटक भन्दै आएका थिए । तर, कार्यकर्ताको भावना विपरित नेतृत्वले माओवादीकी दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि रुष्ट नेता–कार्यकर्ताको तर्फबाट पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

पौडेललाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई पौडेलले निराश बनाएर फर्काइदिनुभएको हो । पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन खाँण र श्रेष्ठले गरेको आग्रह पौडेलले अस्वीकार गर्नुभयो । त्यसक्रममा प्रधानमन्त्री देउवाले पनि फोन गरेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । तर, पौडेलले आफू अघि बढिसकेकाले फिर्ता नहुने प्रष्ट गर्नुभएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram