Listen Live: 

देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्दै

Radio Chitwan
शुक्रबार, बैशाख १६, २०७९

काठमाण्डौ, ६ बैशाख । अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । अहिले देशका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित भएको छ । सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।

आन्य समाचारहरु:-
June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

June 14, 2024
रत्ननगरमा दलित सशक्तिकरण कार्यक्रम सम्बन्धी अन्तर्किया

रत्ननगर । रत्ननगर नगरपालिकामा शुक्रबार विपन्न दलित सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बारे छलफल तथा अन्तर्किया कार्यक्रम गरिएकाे छ । उपमेयर यादव प्रसाद पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व […]

June 14, 2024
रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भने ‘जग्गा खोज्नुस भवन बनाउन बजेट हाल्छु’

रत्ननगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने बताएका छन् । सांसद हरि ढकाल सहित अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय […]

June 13, 2024
सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ । रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram