Listen Live: 

गृहमन्त्री खाँड आज चितवन आउँदै

Radio Chitwan
बुधबार, बैशाख १४, २०७९

चितवन, १४ बैशाख । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड आज (बुधवार) चितवन आउँदै हुनुहुन्छ । उहाँ २ः३५ को फ्लाइट मार्फत चितवन आउन लाग्नुभएको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई टिकट दिएपछि रुष्ट बनका भरतपुरका नेता कार्यकर्ता फकाउन खाँड चितवन आउन लागेका हुन् । उनले जिल्लामा असन्तुष्ट बनेका नेता कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । काँग्रेसका असन्तुष्टहरुका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँलाई पनि खाँडले भेट्ने स्रोतले बताएको छ ।

भरतपुरको मेयर काँग्रेसले नै पाउनुपर्ने यहाँका नेता कार्यकर्ताको माग छ । काँग्रेसभित्रको तीब्र असन्तुष्टिका कारण चितवनमा गठबन्धन बलियो बन्न सकेको छैन् । हिजो (मंगलबार) मात्र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएर फर्किएका छन् । उनले पनि चितवनका काँग्रेस र एकीकृत समाजवादीका नेता कार्यकर्तालाई भेट गरेका थिए ।

आन्य समाचारहरु:-
February 25, 2024
आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

फागुन १३ । दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो । राष्ट्रिय खोप कार्यक्रम […]

February 25, 2024
नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने

भरतपुर,फागुन १३- तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम […]

February 24, 2024
भरतपुर भ्रमण बर्षको तयारी तीब्रः प्रधानमन्त्रीले उद्घाटन गर्ने,सातै प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण

भरतपुर,फागुन १२- भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को उद्घाटनको दिन नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ। भरतपुर महानगरका जनप्रतिनिधि ,कर्मचारीहरु र बिभिन्न समितिले भ्रमण बर्षको उद्घाटनका […]

February 24, 2024
प्रधानमन्त्रीद्वारा देशकै लामाे झाेलुङ्गे पुलकाे उद्घाटन

धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram