Listen Live: 

चीनमा पछिल्लो २४ घन्टामा २ हजार ६६६ जनामा कोरोना सङ्क्रमण, ५१ जनाको ज्यान गयो

Radio Chitwan
सोमवार, बैशाख १२, २०७९

बैशाख १२ । चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घन्टामा त्यहाँ दुई हजार ६ सय ६६ जनालाई कोरोना भाइरसका सङ्क्रमण देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै शङ्घाईका छन् । शङ्घाईमा दुई हजार चार सय ७२ जनालाई सङ्क्रमण भएको छ । यस्तै, अन्य सहरमा पनि कोरोनाको जोखिम बढेको छ । बेइजिङ, जिलिन, हेइलोङ्गजियाङ्गलगायत सहरमा सङ्क्रमण फैलिन थालेको छ ।

सङ्क्रमण बढेपछि बेइजिङमा ठूलो सङ्ख्यामा स्वास्थ्य परीक्षण गरिने भएको छ । ज्येष्ठ नागरिक, मजदुर तथा विद्यालयमा काम गर्नेहरुको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, गएको २४ घन्टामा चीनमा कोरोनाका कारण ५१ जनाको ज्यान गएको छ ।

आन्य समाचारहरु:-
December 8, 2024
तेस्रो रत्न प्रिय कप महिला फुटबल खेलमा: निजगढ फुटबल क्लब विजयी

रत्ननगर, रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ ।  परिवर्तन हातेमालो […]

December 8, 2024
एनपीएलःचितवनको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको […]

December 8, 2024
चितवन प्रहरीले भन्यो-पोखरा लैजाँदा रविलाई दुर्व्यवहार भएको छैन, भ्रम फैल्याइयो

काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव […]

December 6, 2024
रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ : स्वास्थ्य, शिक्षा, खेलकुद र पूर्वाधार विकासमा जोड

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको समग्र विकासको लागि सुझाव दिएका छन् । साउनदेखि कात्तिक मसान्तभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram