रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
मेयरको उम्मेदवार पाउनुपर्ने माग गर्दै पोखरामा कांग्रेस कार्यालयमा नाराबाजी
पोखरा, १० बैशाख। पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसका वडा सभापतिहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा नाराबाजी गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको भागवण्डा अनुसार पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादी पार्टीको भागमा परेको छ । तर महानगरपालिकाको ३३ वटै वडाका सभापतिहरुले मेयरको उम्मेदवार कांग्रेसको हुनुपर्ने माग गर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
पोखरा महानगरपालिकाको तालमेलको विषयमा नेपाली कांग्रेसभित्र विवाद छ । केन्द्रका नेताहरुले स्थानीय तह कमजोर बनाउने गरी सहमति गरेकले स्वीकार्न नसकिने जिल्ला सचिव भानुभक्त ढकालले बताए । ‘पोखराका वडा होस् वा पालिका गठबन्धन दललाई दिन सकिँदैन । केही वडा सदस्यमा मात्रै सहमति गर्न सकिन्छ । नत्र कांग्रेसलाई आघात हुन्छ, गठबन्धन अगाडि जाँदैन’ उनले भने ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]