Listen Live: 

चितवनसहित ६९ जिल्लामा कांग्रेस अधिवेशन सकियो, ३७ मा देउवा र ३२ मा कोइरालाको जित

Radio Chitwan
आइतवार, फाल्गुन २२, २०७८

चितवन, फागुन २२ । चितवनमा शनिबार कांग्रेस सभापतिको चयन भएसँगै नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६८ जिल्लामा जिल्ला अधिवेशन सकेको छ ।
सिन्धुपाल्चोक, बारा, अछामलगायत सात जिल्लाको परिणाम आउन बाँकी छ ।
जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन् । पछिल्लो पटक झण्डै ६ पटक सरेर बल्लबल्ल निर्वाचन भएको चितवनमा कोइराला पक्षका राजेश्वर खनाल सभापतिमा निर्वाचित भएका छन् । दोस्रोपटक निर्वाचन हुन लागेको चितवनमा देउवा पक्षको मिलबाबु श्रेष्ठले सभापतिका प्रत्यासी कसैको पनि साथ पाउन नसकेपछि खनाललाई नै समर्थन गरेका थिए । जिल्लामा अन्य पदाधिकारीहरुको मत गणना सुरु भएको छ ।
सिटौलाले महाधिवेशनमा सभापति पदमा देउवालाई सघाएका थिए । साथै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले चितवनसहित ३१ जिल्ला सभापति जितेका छन् । यसपालि महाधिवेशनमा पौडेल भने ’मौन’ बसेका थिए ।

कांग्रेस मंसिरमा भएको १४ औं महाधिवेशन अघि संस्थापन देउवा पक्ष र संस्थापनइतर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने गरेको थियो ।
महाधिवेशनमा केन्द्रीय सभापतिमा देउवा र कोइराला भिडेपछि त्यसपछि भएका जिल्ला अधिवेशनमा प्रायः देउवा र कोइराला पक्षबाट उम्मेदवार उठेका छन् । १६ जिल्ला अधिवेशन गर्न बाँकी राखेर कांग्रेसले केन्द्रीय महाधिवेशन गरेको थियो।

हिजोआज बाँकी रहेका जिल्ला अधिवेशन भइरहेका छन् । सिन्धुलीमा देउवा र कोइराला पक्षले उठाएका सभापतिका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र ढंगले उठेका उपेन्द्र पोखरेल जिल्ला सभापति बनेका थिए।

पोखरेल शेखर र सिटौलानिकट मानिन्छन् । तर यसपालि उनले कोइराला पक्षबाट सभापति पदमा उठ्न टिकट पाएका थिएनन्।

कहाँ कुन पक्षले जिते सूचिसहित

शेरबहादुर देउवा पक्षले जितेका जिल्ला र सभापतिः

१. लमजुङ, सभापति टकराज गुरूङ
२. सल्यान, सभापति केशवबहादुर विष्ट
३. डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
४. डडेल्धुरा, सभापति भीमबहादुर साउद
६. म्याग्दी, सभापति खमबहादुर गर्बुजा
७. ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
८. मुगु, सभापति ऐनबहादुर शाही
९. पाँचथर, सभापति रूपनारायण जवेगु
१०. मनाङ, सभापति शंकर गुरूङ देउवा
११. हुम्ला, सभापति मोहनविक्रम सिंह
१२. बझाङ, सभापति खड्क बोहरा
१३. रामेछाप, सभापति पूर्णबहादुर ९कान्छाराम० तामाङ
१४. जुम्ला, सभापति कर्णबहादुर शाही
१५. जाजरकोट, सभापति बेदराज सिंह
१६. डोटी, सभापति नरेन्द्रबहादुर सिंह
१७. रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
१९. ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
२०. झापा, सभापति देउमान थेबे
२१. बागलुङ, सभापति जित शेरचन
२२. पर्वत, सभापति युवराज जोशी
२३. इलाम, सभापति डम्बरबहादुर खड्का
२४. सुर्खेत, सभापति खड्ग पोखरेल
२५. रूपन्देही, सभापति रामकृष्ण खाण
२६. कास्की, सभापति किशोरदत्त बराल
२७. काभ्रे, सभापति तीर्थ लामा
२८. तनहुँ, सभापति जितप्रकाश आले
२९. ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
३०. कञ्चनपुर, सभापति पदम बोगटी
३१. उदयपुर, सभापति हिमाल कार्की
३२. भक्तपुर, सभापति दुर्लभ थापा
३३. बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
३४. सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा

२. रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
१. धनकुटा, सभापति दिनेश राई
२. कैलाली, सभापति नारायणदत्त भट्ट
३. मकवानपुर, सभापति बुद्ध लामा
४. पर्सा, सभापति जनार्दनसिंह क्षेत्री

शेखर कोइराला पक्षले जितेका जिल्ला र सभापतिः

३ अर्घाखाँची, सभापति केशव श्रेष्ठ
१. रोल्पा, सभापति किशोर आचार्य
२ं बैतडी, सभापति चतुरबहादुर चन्द
३. दोलखा, सभापति बर्मा लामा
४. गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
५. कालिकोट, सभापति अम्बबहादुर शाही
६. संखुवासभा, सभापति दीपक खड्का
७. रूकुमपूर्व, सभापति केशरमान रोका
८. मुस्ताङ, सभापति रोमीगौचन थकाली
९.भोजपुर, सभापति विनोद वान्तवा
१०. बाजुरा, सभापति रामसिंह रावल
११. तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
१२. नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
१३. पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
१४. स्याङ्जा, सभापति राजु थापा
१५. खोटाङ, सभापति विष्णुकुमार राई
१६. दार्चुला, सभापति ललितसिंह बोहरा
१७. नुवाकोट, सभापति रमेश महत
१८. दाङ, सभापति शंकरप्रसाद डाँगी
१९. दैलेख, सभापति मणिराम रेग्मी
२०. गुल्मी, सभापति खिलध्वज पन्थी
२१. काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
२२. धादिङ, सभापति रामनाथ अधिकारी
२३. सुनसरी, सभापति केदार भण्डारी
२४. कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
२५ं मोरङ, सभापति डिगबहादुर लिम्बू
२६. चितवन, सभापति राजेश्वर खनाल
२७. बाँके, सभापति नारायण गौडेल
२८. नवलपुर, सभापति महेन्द्रध्वज जिसी

२९. महोत्तरी, सभापति नागेश्वर यादव
३०.सिन्धुली, सभापति उपेन्द्र पोखरेल
३१. प्युठान, सभापति विष्णुकुमार गिरी

आन्य समाचारहरु:-
July 29, 2024
भरतपुर महानगरमा एमालेको वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय

चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय […]

July 4, 2024
रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई […]

June 24, 2024
रविको मुद्दामा अड्किएको प्रचण्ड सरकारको आयु

काठमाडौं- नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए । सांसदबाट तेस्रो पटक विश्वासको मत […]

June 24, 2024
निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “अपराधको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram