काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
रत्ननगर १२ का २९० सुकुमबासीलाई निस्सा वितरण

निरुता बि.क
रत्ननगर, ९ बैशाख । रत्ननगर नगरपालिकाले वडा नं १२ का भुमिहिन सुकुमबासी, भुमिहिन दलित, अव्यवस्थीत बसोबासीहरुलाई आज (शुक्रबार) निस्सा वितरण गरेको छ । वडा कार्यालयको अगुवाइमा निस्सा वितरण गरिएको हो । आकृती महिला समूहको भवनमा भएको उक्त कार्यक्रममा रत्ननगर नगरपालिकाको मेयर नारायण वन र वडाध्यक्ष वीरबहादुर पाख्रिनले भुमिहिन सुकुमवासीको रुपमा निवेदन पेश गरेका निर्मला लामालाई निस्सा हस्तानन्तरण गरी कार्यक्रमको समुद्घाटन गरीएको हो । साथै २९० घरपरिवारलाई निस्सा हस्तान्तरण गरेका थिए । कार्यक्रममाा वडा नं १२ का वडाबासी इमानसिङ तमाङ्ग, चुल्ठीमाया चेपाङ्ग, ज्ञानबहादुर गुरुङ्ग, लालबहादुर लामालगायतले निस्सा प्राप्त गरेका छन् ।

सो अबसरमा मेयर वनले राष्ट्रिय भूमि आयोग चितवनले वास्था नगरेका कारण समयमै सुकुमबासीलाई लालपूर्जा वितरण गर्न नसकिएको बताए । महानगरमा लालपूर्जा समेत वितरण सुरु गरेको आयोगले रत्ननगरमा जग्गा नापी गर्ने कर्मचारी र उपकरण समेत नपठाएको मेयर वनले बताए । सकुमवासीको तथ्याङक लिने रत्ननगर नगरपालिका बागमती प्रदेशमै पहिलो भएको बताए । उहाले नगरपालिकाका वडाबासीहरुमा नगरपालिकाले विभिन्न अनुदान दिइरहेको कुरा र अब वडाबासीहरुलाई व्यवसायिक बन्न सिप सिक्नको लागि आग्रह गरे । साथै अहिले प्राप्त गरेको निस्साको सुरक्षा, प्रवोधन गर्न उहाले वडाबासीलाई आग्रह गरे । उहाले भोलि (शनिबार) वडा नं १६ मा निस्सा वितरण गरिने जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय भुमी आयोग वडा स्तरीय सहजीकरण समितिका संयोजक तथा वडा नं १२ का वडा अध्यक्ष विरबहादुर पाख्रिन, नेकपा माओवादी केन्द्र नगरकमिटी अध्यक्ष श्याम प्रसाद बराल, नेकपा एमाले वडा स्तरीय कमिटी अध्यक्ष तथा समितिका सदस्य राम प्रसाद पाण्डे, नेपाली काङग्रेस वडा सभापति तथा समिति सदस्य कृष्ण रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष तथा समिति सदस्य सुशित तिवारी, समिति सदस्य तथा वडा सदस्य निर्मला कुमारी खड्का, सुकुमाया बि.क, विपन्न समुदायको प्रतिनिधित्व गर्दै आएकी समितिको महिला सदस्य फुलकुमारी लामालगायतको उपस्थिती रहेको थियो । वडा सचिव महेश सुवेदिले सञ्चालन गरिएको कार्यक्रममा अध्यक्ष पाख्रिनले कार्यक्रमको समापन गरेका थियो ।



चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]