कालिका । नेकपा एमाले कालिका नगर कमिटीकाे दाेस्राे नगर अधिवेशन खाेलेसिमलमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका पाेलिटब्यूराे सदस्य तथा जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन […]
महाअभियोग सिफारिस समिति गठन, एमालेका सांसद पनि समेटिए

काठमाण्डौ, फागुन २२ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ ।
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् ।
समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । महाअभियोग सिफारिस समिति गठन गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले पारित पनि गरेको छ ।
यस्तो छ महाअभियोग सिफारिस समिति–
एमाले
१. विष्णु पौडेल २. लालबाबु पण्डित ३.शिवमाया तुम्बाहाम्फे ४. कृष्णभक्त पोखरेल
कांग्रेस
५. मीनबहादुर विक ६. रामबहादुर विष्ट
माओवादी
७. यशोदा सुवेदी ८.रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह
चितवन । नेकपा (एमाले) भरतपुर महानगरका वडा अधिवेशन भदौ १५ भित्र सक्ने निर्णय भएको छ । एमाले पार्टी कार्यालय चितवनमा सम्पन्न नेकपा (एमाले) भरतपुर महानगर कमिटीको विस्तारित बैठकले सो निर्णय […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई […]
काठमाडौं- नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ४ गते तेस्रो पटक संसदबाट विश्वासको मत लिएका थिए । सांसदबाट तेस्रो पटक विश्वासको मत […]