Listen Live: 

गैंडाकोटमा यौन दुर्व्यवहारको घटनामा विद्यालय प्रशासन गम्भीर नबन्दा करोड बराबरको क्षति, आठ प्रहरी घाइते

Radio Chitwan
सोमवार, बैशाख ५, २०७९

चितवन, ५ बैशाख । पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका(५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रुग्यास हान्यो । प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते भए ।

शिक्षकले एक छात्रालाई अश्लील भिडियो देखाएको र अश्लील शब्द प्रयोग गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए । २८ चैतमा भएको दुर्व्यवहारको घटनालाई विद्यालय व्यवस्थापनले गम्भीर रूपले नलिँदा आइतबार अप्रिय घटना हुन पुगेको हो ।

जनक माविमा कक्षा १२ मा अध्ययन गर्ने १७ वर्षीया एक छात्रालाई सोही विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले अश्लील भिडियो देखाएर यौन दुर्व्यवहार गरेको आरोप छ । यौन दुर्व्यवहारको घटनाको विषयमा ढिलो गरी थाहा पाएको विद्यालय प्रशासनले घटना बुझ्ने क्रममै रहँदा विद्यार्थीको आक्रोशले उग्ररूप लिएको हो ।
पीडित भनिएकी छात्रा पढाइमा मध्यमस्तरकी विद्यार्थी हुन् । उनी विद्यालयको वातावरण बिगार्ने र अनुशासनमा नबस्ने खालको विद्यार्थी नभएको एक शिक्षकले बताए । आइतबार घटनाको विषयमा छलफलकै क्रममा रहँदा सुरक्षाका लागि विद्यालय व्यवस्थापन समितिले प्रहरीलाई विद्यालयभित्र परिचालन गरेको थियो । विद्यालयभित्र प्रहरी देखेपछि आक्रोशितको भिड बढेको स्थानीय बताउँछन् ।

स्थानीय भन्छन्, ‘दोषीलाई समयमै प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गर्न भनेको भए तोडफोड र आगजनीको अवस्था हुने थिएन ।’ तोडफोड र आगजनीबाट करोड बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कँडेलले बताए ।
विद्यालयको विज्ञान प्रयोगशालामा पूर्ण रूपमा क्षति भएको छ । त्यस्तै, पंखा, कम्युटर ल्याब, पानीका धारा, डेस्क बेन्च, झ्याल, शिक्षकका कुर्ची सोफालगायत विद्यार्थीले तोडफोड गरेका छन् । प्रधानाध्यापक चुडामणि शर्मा कँडेलको प्र३–००२ प २७७६ र आरोपित शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।

आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएपी सन्तोष पाठकले जानकारी दिए । भिडलाई नियन्त्रण गर्ने क्रममा आन्दोलनकर्ता विद्यार्थीले ढुंगामुढा गरेपछि आठ प्रहरी सामान्य घाइते भएको उनले बताए । आन्दोलनकर्ता भने घाइते नभएको उनले बताए ।

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले घटनाको विषयमा जानकारी नदिने प्रधानाध्यापकको राजीनामा माग्ने तयारी गरेका छन् । अनुसन्धानपछि आरोप लगाइएका शिक्षक दोषी ठहरिए उनलाई बर्खास्त गर्छौँ । घटनाको जानकारी नदिने प्रधानाध्यापकसँग पनि राजीनामा माग्ने छु’, उहाको भनाइ थियो।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram