Listen Live: 

पर्यटक आगमन खुला गर्ने म्यानमारको सैन्य सरकारको घोषणा

Radio Chitwan
आइतवार, बैशाख ४, २०७९

४ बैशाख । म्यानमारको सैन्य सरकारले पर्यटकलाई आफ्नो देशमा आउन अनुमति दिएको छ । धेरै देशले धमाधम यात्रा प्रतिबन्धहरू सहज बनाउन थालेपछि म्यानमारले पनि अन्तर्राष्ट्रिय पर्यटकका लागि म्यानमारमा आगमन खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।
म्यानमारको यो निर्णय पर्यटकका लागि खुसीको कुरा भए पनि म्यानमारको अवस्था भने अझै जटिल नै रहेको छ । म्यानमारले निर्वाचित सरकारलाई कु गरेर सैनिक शासन लागू गरेपछि अन्तर्राष्ट्रिय समुदायमा नराम्रो छाप परेको छ । म्यानमारमा कोरोना भाइरसको सङ्क्रमण अगाडि पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । त्यसपछि भने पर्यटनको क्षेत्रमा असर परेको हो ।
सैन्य शासन लागू भए पनि म्यानमारका कैयौँ नागरिकले त्यसको विरोध गर्दै आएका छन् । दुई वर्षसम्म पर्यटक नआउँदा म्यानमारको बैंकिङ व्यवस्था सङ्कटपूर्ण बन्दै गएको छ भने अर्थव्यवस्था नाजुक बनेको छ । म्यानमारमा सबैभन्दा धेरै पर्यटक चीनबाट जाने गरेका छन् । म्यानमारको विपक्षी पार्टीले भने विदेशी पर्यटकलाई म्यानमारको यात्रा नगर्न अनुरोध गरेको छ ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

September 7, 2024
भरतपुरमा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा, एक करोड बराबरको छात्रवृत्ति घोषणा सहित

B.Sc.CSIT कोर्ष अध्यापन गराईँदै भरतपुर,भदौ २२ - चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ।  सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज […]

September 7, 2024
रत्ननगरलाई पुरस्कार दिलाएका लम्साललाई निजामतीसेवा पुरस्कार

रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram