Listen Live: 

पालिका चुनावमा घर–घरमा पुगेर मतदाता शिक्षा नदिने, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग हुने

Radio Chitwan
आइतवार, बैशाख ४, २०७९

बैशाख ४ । काठमाण्डौ, ४ बैशाख । पालिका चुनावमा निर्वाचन आयोगले घर–घरमा पुगेर मतदाता शिक्षा नदिने भएको छ। मतदाता शिक्षाको परम्परागत पद्धति खर्चिलो र अपेक्षा अनुसार प्रभावकारी पनि हुन नसकेको निष्कर्षसहित यसपटक मतदाता शिक्षाको घरदैलो कार्यक्रम परिमार्जन गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको प्रगति प्रतिवेदनमाथि विभिन्न समीक्षा बैठक तथा राज्य व्यवस्था समितिको बैठकमा समेत मतदाता शिक्षा त्यति प्रभावकारी नभएको, तोकिएका कतिपय मतदाता शिक्षा स्वयम्सेवक सबै ठाउँमा परिचालित नभएका, निश्पक्ष मतदाता शिक्षा प्रदान गर्न नसकेको जस्ता पृष्ठपोषण प्राप्त भएका कारण कार्यक्रम परिमार्जन गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘घरघरमा पुगेर मतदातालाई शिक्षा दिँदा राम्रो भयो भन्ने भन्दा पनि धेरै नकारात्मक टिकाटिप्पणी आएपछि यसपालि रोकिएको हो ।’ प्राप्त सुझाव र प्रतिक्रियापछि आयोगले मतदाता शिक्षामा थप कढाइ या परिमार्जन गर्नुपर्ने दुई वटा मात्रै विकल्प भएकाले परिमार्जन गरेको उहाँको भनाइ छ । घरघरमा र टोल टोलमा पुग्न हुने खर्च, आवश्यक बजेट र स्रोत साधन पनि कमी रहेको आयोगले जनाएको छ ।
वैशाख २९ र ३० गते मतदान स्थलमा दुईरदुई जना स्वयम्सेवक खटिने
२०७४ सालको पालिका चुनावमा घरदैलोका लागि २० हजार स्वयम्सेवक खटाइएको थियो । घरदैलोको सट्टामा आयोगले यसपालि मतदान स्थलमा दुई दिन भोट खसाल्ने तरिका सिकाउने तयारी गरेको छ । त्यसका लागि वैशाख २९ र ३० गते हरेक मतदान स्थलमा दुईरदुई जना स्वयम्सेवक खटिनेछन् । मतदान स्थलमा मतदाता सूचना केन्द्र पनि स्थापना हुनेछ ।
२९ गते मतदाता परिचय पत्र वितरण गर्दा र ३० गते भोट खसाल्न आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने सहप्रवक्ता अर्यालले बताउनुभयो । ७७ वटै जिल्लामा नमुना मतदानका लागि मतपत्र पुगिसकेको छ ।
मतपत्रमा विभिन्न दलका चुनाव चिह्न रहन्छन् । आयोगले डमी अर्थात नमुना मतपत्रका आधारमा मतदाता शिक्षा दिन्छ । तर दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिह्नबाट अरु दलका उम्मेदवार उठ्ने भएकाले पनि मत बदर हुने जोखिम धेरै छ । २०७४ सालमा भएको पालिका चुनावमा झन्डै ५ प्रतिशत मत बदर भएको थियो ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग हुने
आयोगले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, प्रविधिको प्रयोग गरेर पनि मतदाता शिक्षा कार्यक्रम तत्काल सुरु गर्ने जनाएको छ ।‘विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिनेछ’ आयोगका सहप्रवक्ता अर्यालले भन्नुभयो,‘मतदाता शिक्षालाई सकेसम्म प्रभावकारी बनाइनेछ । त्यसबाट बदर मत प्रतिशत पक्कै घट्नेछ । कोभिड महामारीमा सूचना प्रवाह भएजस्तै मतदानमा सहभागी हुन मोबाइलमा रिङ्ग ब्याक टोन पनि राखिनेछ ।’
राजनीतिक दल र कार्यकर्ताले पनि मत माग्न जाँदा मतदातालाई सिकाउने हुँदा अलि सहज हुने आयोगले जनाएको छ । पालिका चुनाव आउन अब २६ दिन मात्रै बाँकी छ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram