Listen Live: 

वैशाख ९ गतेबाट एसईई परीक्षा हुँदै, परीक्षामा ५ लाख १४ हजार ७ सय ६० परीर्थी सहभागी

Radio Chitwan
आइतवार, बैशाख ४, २०७९

काठमाडौँ,४ बैशाख। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेबाट हुने भएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरेको जनाएको छ । ती केन्द्रहरुमा बोर्डले तयार पारेका प्रश्नपत्रहरु पठाइने र सोही आधारमा कोरोनाकाल भन्दा अगाडिको जस्तै गरी परीक्षा सञ्चालन हुनेछ । प्रश्नपत्रहरु पनि जिल्ला पठाइसकिएको छ ।
बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना परीर्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ जना र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका क्रममा आधारभूत स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्नेछ ।

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram