Listen Live: 

प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई ४–० गोलले हरायाे

Radio Chitwan
आइतवार, फाल्गुन २२, २०७८

काठमाडौँ, फागुन २२ । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई हराएको छ । घरेलु मैदानमा बर्नली ४–० गोल अन्तरले पराजित भयो ।

चेल्सीका काइ हाभर्टजले दुई तथा रिस जेम्स र क्रिस्टियन पुलिसिसले एक/एक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । जितसँगै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा पुगेको छ। उसको ३६ खेलमा ५३ अङ्क छ । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० गोलले नै हराएको छ ।

त्यस्तै लिभरपुलले वेस्टह्यामलाई १–० ले, ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० तथा न्युकासलले ब्राइटनलाई २–१ गोलले हराएको छ ।

तस्बिर : गेटी इमिजेज

आन्य समाचारहरु:-
December 18, 2023
खेलकुद विकास समिति रत्ननगर १२ फाइनलमा प्रवेश

रत्ननगर । खेलकुद विकास समिति रत्ननगर १२ रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा पेन्गुईन एजुकेशन भरतपुर २४ […]

December 18, 2023
दोस्रो रत्नप्रिय कप : प्याराडाइज युवा क्लव फाइनलमा प्रवेश

रत्ननगर । प्याराडाइन युवा क्लव सिसुवार रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा हेटौडा फुटबल एकाडेमीलाई ४–० गोल […]

December 16, 2023
रत्न प्रिय कप फुटबल : पेन्गुईन भरतपुर- २४ सेमिफाईनलमा प्रवेश

रत्ननगर, मंसिर ३० । रत्ननगरकाे टिकाैली चाैरमा जारी दाेस्राे रत्न प्रिय कप फुटबल अन्तर्गत शनिवार भएकाे खेलमा पेन्गुईन भरतपुर- २४ विजयी भएकाे छ । पेनाल्टी सुटआउटमा गैडाकाेट फुटबल क्लब ३-१ […]

December 15, 2023
दोस्रो रत्नप्रिय कप : प्याराडाइज सेमिफाइनलमा प्रवेश

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । भण्डारा एपिएफलाई ४–१ गोल अन्तरले पराजित गर्दैै प्याराडाइज […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram