Listen Live: 

चितवनमा राजेन्द्र लिङदेनले भनेः राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्छौं

Radio Chitwan
शुक्रबार, बैशाख २, २०७९

भरतपुर, २ बैशाख । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लिङदेनले राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको बताउनुभयो । उहाँले यसपालि स्थानीय तहको चुनावमा विगत भन्दा धेरै ठाउँमा जित हासिल गर्ने बताउनुभयो । उहाँले चुनावी तालमेलबारे कुनै निर्णय भैनसकेको बताउनुभएको छ ।
हामीलाई कसैले महत्त्वपूर्ण पदहरुमा सघाए हामी पनि सघाउन तयार छौूँ, उहाँले भन्नुभयो, आन्तरिक स्थानीय रुपमै समझदारी हुन सक्छ, तर अहिले कुनै निर्णय भैसकेको छैन,अध्यक्ष लिङदेनले राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गरिने बताउनुभयो । १२ सम्मनै कम्प्युटर शिक्षा, बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तिमा १५ हजार तलबको व्यवस्था गरिने बताउनुभयो । स्वरोजगारका लागि विना धितो ऋण व्यवस्था गर्ने, आधारभुत स्वास्थ निस्शुल्क गर्ने, उपचारको अभावमा कोहिले ज्यान गुमाउन नपर्ने गरि पालिकाहरुको नेतृत्व गर्ने बताउनुभयो । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत कर घटाउने बताउनुभयो । जेष्ठ नागरिकहरुले पाउदै आएका सेवा सुविधा थप गरि घरदैलोमै सेवा पुर्याइने बताउनुभयो ।
उहाँले भ्रष्टाचार शून्य बनाइने समेत दाबी गर्नुभयो । सिंहदरबारको भ्रष्टाचार पनि तल्लो तहसम्म आयो,उहाँले भन्नुभयो, भ्रष्टाचारमुक्त पालिका बनाउन राप्रपाले नेतृत्व गर्छ । उहाँले अहिलेकै हाराहारीको बजेटबाट पालिकाहरुको विकास सम्भव रहेको बताउनुभयो । उहाँ राप्रपा चितवनको आमसभालाई सम्बोधन गर्न चितवन आउनुभएको हो । आमसभा भरतपुरको पारस बसपार्कमा जारी छ ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram