Listen Live: 

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो, सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा

Radio Chitwan
शुक्रबार, बैशाख २, २०७९

काठमाण्डौ, २ बैशाख । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ । विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् ।
वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनाका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् ।
वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा ८ करोड २२ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण १० लाखभन्दा धेरैको ज्यान गएको छ ।
अमेरिका पछि भारतमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ । भारतमा अहिलेसम्म ४ करोड ३० लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै, ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको तेस्रो नम्बरमा छ । त्यहाँ अहिलेसम्म ३ करोड २ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ६ लाख ६१ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram