Listen Live: 

राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीद्धय सावित्रा भण्डारी र पुनम जर्घा मगर सम्मानित

Radio Chitwan
बिहिबार, बैशाख १, २०७९

चितवन, वैशाख । राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीद्धय सावित्रा भण्डारी र पुनम जर्घा मगर सम्मानित भएका छन् ।
चितवन जिल्ला फुटबल संघले राष्ट्रिय टिमसँगै सशस्त्र प्रहरी बल (एपिएफ) एफसीकी फर्वार्ड सावित्रा र त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर पुनमलाई नगद ५०(५० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको हो ।


चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिगको पहिलो चरणको समापन समारोहको अवसरमा (बुधवार) उनीहरुलाई सम्मान गरिएको हो । चोटका कारण लामो समय मैदान बाहिर रहेर पुस्न खेल क्षेत्रमा फर्किन सफल साबित्रा भण्डारी र पुनम जर्घा मगर लाई हौसला प्रदान गर्दै सम्मान गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए ।

गत भदौमा दशरथ रंगशालामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा रहँदा पुनमको मुटुमा समस्या देखिएको थियो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले शल्यक्रियापछि खेल्न सक्दिनन् भन्ने सोचेर उनलाई १२ औँ खेलाडीको रुपमा मैदान पठाएका थिए । तर ८ महिनापछि पुनम मैदान फर्किएकी छन् । असोजमा मुटुको शल्यक्रिया गरेकी पुनमले महिला लिगबाट ८ महिनापछि कमब्याक गरेकी हुन् । उनले महिला लिगमा एपिएफविरुद्धको पहिलो खेलबाट कमब्याक गरेकी हुन् ।

यसै लिगमा उत्कृष्ठ खेल प्रदर्शन गर्नुको साथै पहिलो पटक कप्तानको भुमिकामा आफ्नो टोलीलाई सम्हालदै जीत समेत हात पारिन , यस्तै गत वर्षको राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबसँगको खेलको क्रममा सम्बाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) गएको थियो । त्यसपछि उनी १३ महिना मैदानबाट बाहिर रहिन् । कतारमा दायाँ घुँडाको शल्यक्रिया गरेर उनी सात महिनापछि स्वदेश फर्किईन् । १३ महिनापछि दोस्रो राष्ट्रिय महिला लिगमा उनले आर्मीविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै कमब्याक गरेकी थिईन् ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram