काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५० करोड नाघ्यो, ६२ लाखभन्दा बढीले गुमाए ज्यान

काठमाडौं, १ बैशाख । विश्वमा कोरोना भाइरस कूल संक्रमितको संख्या ५० करोड नाघेको छ । कोरोना महामारी सुरु भएको साढे २७ महिनाको अवधिमा संक्रमितको संख्या ५० करोड नाघेको हो ।वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ५० करोड २१ लाख ५६ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।
कोरोना संक्रमितमध्ये हालसम्म ६२ लाख १४ हजार १०९ जनाको मृत्यु भइसकेको छ । हालसम्म ४५ करोड २४ लाख १८ हजार १०३ जना संक्रमित निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । वल्डोमिटर्सका अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८ करोड २१ लाख ९२ हजार ८८० जनामा संक्रमण पुष्टी भएको भइसकेको छ ।
यस्तै, हालसम्म भारतमा ४ करोड ३० लाख ३९ हजार २३, ब्राजिलमा ३ करोड २ लाख १० हजार ८५३, फ्रान्समा २ करोड ७३ लाख १० हजार ५ र जर्मनीमा २ करोड ३१ लाख १६ हजार ४०२ जनालाई कोरोना संक्रमण भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ । कोरोनाका कारण ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण १० लाख १४ हजार ११४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा ५ लाख २१ हजार ७६७, ब्राजिलमा ६ लाख ६१ हजार ७१०, रुसमा ३ लाख ७२ हजार ५१२ र मेक्सिकोमा ३ लाख २३ हजार ८४८ जनाको मृत्यु भएको छ । न्युज कारखाना
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]