चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
२०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन आज

१ वैशाख । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् ।
“विक्रम ६० सम्वतसरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य सम्वत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम सम्वत् चल्दछ, शक सम्वतका विशेषतादेखि इश्वी सम्वतका व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ”, हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]