Listen Live: 

जीप दुर्घटना हुँदा बारामा एकको मृत्यु, १३ जना घाइते

Radio Chitwan
बिहिबार, बैशाख १, २०७९

वीरगञ्ज,१ वैशाख । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।
दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । जीतपुरसिमरा–११ मै बस्ने २२ वर्षीया उषा सेढाइ, २ वर्षीय अभय सेढाइ, ४ वर्षीया अंशु सेढाइ, ४० वर्षीया इच्छादेवी मिजार, ४८ वर्षीय जोगी मिजार, वीरगञ्ज–३२ बस्ने ५३ वर्षीया लालमुनिदेवी, १४ वर्षीया आशा साह, पर्साको बिन्दवासिनी–२ बस्ने २२ वर्षीय प्रेम साह (गम्भीर), १२ वर्षीय राजु गुप्ता (गम्भीर), जीतपुरसिमरा–७ बस्ने २५ वर्षीया निर्मला देवी साह (गम्भीर), ९ वर्षीय निखिल कुमार साह, ७ वर्षीय निवेश कुमार साह र एक जना पहिचान नखुलेको व्यक्ति घाइते भएका हुन् ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा सवारी दुर्घटना भएको थियो । सिमराबाट हेटौंडा जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भइ सडकको बायाँतर्फ पल्टिएको थियो ।

आन्य समाचारहरु:-
May 18, 2024
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ । राप्रपा नगर कमिटी रत्ननगरले आयोजना […]

May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 17, 2024
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक […]

May 17, 2024
राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram