काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
राप्रपा चितवनको आमसभा बैशाख २ गते हुने, ५० हजार जनता सहभागि हुने दाबी

चितवन, ३० चैत्र । चितवनमा बैशाख २ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल(९पारस बसपार्क) मा हुने आमसभामा उल्लेख्य सहभागिता हुने बताउनुभयो ।
आमसभालाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाइएको छ । आमसभा सफल पार्न १६ वटा उपसमितिहरु बनाइएका छन् । “चुनाव लक्षित आमसभा होइन, देशमा व्याप्त भ्रष्टाचार, वेथीति र उत्पीडन विरुद्धको खबरदारीसभा हो”, उहाँले भन्नुभयो, “राप्रपाले अंगिकार गरेको राजनीतिक, आर्थिक, सामाजिक अवधारणालाई जनतामाझ सूसूचित गराउनेछौँ ।”
आमसभा हुने स्थल पारसबसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले चौरबाट झण्डै २५ ट्रिपर फोहर संकलन गरिएको बताउनुभयो । उहाँका अनुसार जेसीवी, ग्रेडर, रोलर लगाएर चौरलाई सम्याउने, सफा गर्ने काम गरिएको छ । आमसभास्थलमा २ वटा मञ्च बनाइने छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्च बनाइने बताउनुभयो ।
जिल्ला उपाध्यक्ष जीवलाल पुरीले चितवनका ९८ वडाकै जनता आमसभामा सहभागि हुने बताउनुभयो । छिमेकी जिल्लाबाट समेत उल्लेख्य सहभागिता रहने बताउनुभयो । उहाँका अनुसार आमसभाकै कार्यक्रममा चितवनबाट अन्य दल परित्याग गरी ३ हजार बढी राप्रपामा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताउनुभयो ।
बैशाख पहिलो साता सातै पालिकामा उम्मेदवार घोषणा
राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बैशाख पहिलो साता चितवनका सात वटै स्थानीय तहमा उम्मेदवारहरु घोषणा गरिने बताउनुभएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य सबै पदमा राप्रपा चितवनले उम्मेदवारहरु छनौट गर्ने बताउनुभयो । “अहिले एकल चुनावमै जाने गरी उम्मेदवारहरु छनौट गर्दैछौँ”, उहाँले भन्नुभयो, “केन्द्रको निर्देशनपनि बल्ल गठबन्धनको टुंगो लाग्नेछ ।” उहाँका अनुसार पालिकास्तरबाट उम्मेदवारहरुको नामावली संकलन कार्य जारी रहेको बताउनुभयो ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]