Listen Live: 

जेठ २२–२८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद राजधानी पोखरामा हुने

Radio Chitwan
बुधबार, चैत्र ३०, २०७८

३० चैत्र । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरकारले घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठको तेस्रो सातामा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । हरेक दुई दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता कोरोनाकारण हुन सकेको थिएन ।

यसबीचमा गत फागुनमै प्रतियोगिता आयोजना गर्ने तयारी गरिए पनि राष्ट्रिय खेलकुद परिषद् राखप नेतृत्वविहीन बन्दा त्यतिबेला पनि सम्भव भएको थिएन । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा प्रतियोगिता आयोजना हुने छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तत्कालिन प्रदेश नम्बर ५ (हाल लुम्बिनी) प्रदेशमा आयोजना भएको थियो ।


त्यतिबेला नै गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना गर्ने झण्डा हस्तान्तरण गरिएको थियो । प्रतियोगिताको जिम्मेवारी पाएको गण्डकी प्रदेशले यसअघि तयारी भने अघि बढाएको थियो ।
प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेपनि त्यतिबेला रोकिएको थियो ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन् । यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राखेपमा प्रस्ताव पठाएको छ ।
पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल,हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा खेलाउने योजना छ ।
यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ । महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिलारपुरुष) बाग्लुङ, कराँते (महिलारपुरुष) लमजुङ, टेवलटेनिस (महिला र पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो (महिलारपुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिलारपुरुष) गोर्खामा खेलाउने योजना छ ।


यसैगरी बास्केटबल (महिलारपुरुष) तनहुँ, बुद्धिचाल (महिलारपुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिलार पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिलारपुरुष) स्याङ्जा र फेन्सिङ(महिलारपुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको बुझिएको छ । यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ ।

राष्ट्रिय खेलकुदका लागि पोखरामा सुटिङ, पौडी पोखरी, हक्की बाहेकका पूर्वाधार तयारी अवस्थामा छन् । सुटिङ र पौडी पोखरीका लागि राखेपले निर्माण प्रक्रिया अघि बढाएको बताइन्छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट १६ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ ।
प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी खेल सङ्घहरुलाई खेल सामग्री उपलब्ध गराउन रु ५० लाख बजेट विनियोजन गरेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram