Listen Live: 

ट्रक र ट्याङकर ठोक्किदा पाँच घाइते,एकको अवस्था गम्भिर

Radio Chitwan
बुधबार, चैत्र ३०, २०७८

चितवन, ३० चैत्र । पूर्वी चितवनमा आईचर ट्रक र ट्याङकर एकआपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । एकको अवस्था गम्भिर छ । खैरहनी नगरपालिका वडा नं। ९ बैरीनिचोक साईबाबा पेट्रोल पप्प अगाडी आज विहान ११ः२५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
बिरगंजबाट टाँडी तर्फ आउदै गरेको लु १ ख ६४१८ नं.को ट्याङकर र विपरित दिशबाट जादै गरेको ना १ ख ३४३२ नं.को आईचर ट्रक एक आपसमा ठक्कर खाँदा उनीहरु घाइते भएका हुन । घटना स्थल ईप्रका खैरहनीबाट ३ कि।मि पुर्व रहेको छ । दुर्घटना हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटीएको थियो ।
गम्भीर घाइते हुनेमा आईचर चालक भरतपुर १२ का ५० वर्षीय गजेन्द्र कुमाल रहेका छन् । उनको खुट्टामा चोट लागेको छ । आईचरमा सवार रोल्पा जिल्ला रुन्चीगढी गाउँपालिका १ बस्ने वर्ष २२ का नवराज परियार सामान्य घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ । दाङ राजपुर गाउँपालिका ६ बस्ने वर्ष २८ वर्षीय जित बहादुर बुढाको हात र खुट्टामा चोट लागेको छ ।
रोल्पा रुन्चीगढी गाउँपालिका ९ बस्ने बर्ष १९ का प्रकाश कामीको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम भएको प्रहरीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यस्तै ट्याङकर चालक रुपन्देही बुटवल उपमहानगरपालिका १६ का ३६ वर्षीय मनोहर दगुरिया थारुलाई पनि सामान्य चोट लागेको छ ।
घाइते सबैको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको छ । दुर्घटनामा परेको दुबै सवारी साधन घटना स्थलमै रहको बताइएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram