Listen Live: 

प्रचण्डको निर्वाचन क्षेत्रमा राप्रपाको घरदैलो अभियान सुरु, चुनावी कमाण्ड सम्हाल्न रेखा थापा चितवनमा

Radio Chitwan
सोमवार, चैत्र २८, २०७८

चितवन,२८ चैत्र । चितवनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) देखि चितवनमा घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित घरदैलो अभियानको औपचारिक सुरुवात गरिएको हो । राप्रपाले निर्वाचन केन्द्रित घरदैलोका लागि चितवनमा रेखा थापालाई खटाएको छ । केन्द्रको निर्देशन अनुरुप थापाले चितवनमा अभियान सुरु गरेकी छन् । उनले पूर्वी चितवनको कालिका नगरपालिका र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पश्चिम चितवनको भरतपुर महानगरपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रममा सहभागी भएर राप्रपालाई बिजयी गराउन अपिल गरिन् । नेतृ थापाले राप्रपामा जनताको आकर्षण बढेको बताइन् । कालिका नगरपालिकामा आयोजित कार्यक्रममा ५० बढि राप्रपा प्रवेश गरेको थिए ।
यस्तै आजै कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका विभिन्न वडा कार्यालयको उद्घाटन गरिएको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । उनले आजदेखि निर्वाचन केन्द्रित घरदैलोका कार्यक्रम निरन्तर जारी रहने बताउनुभयो ।
राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ । राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

आन्य समाचारहरु:-
February 23, 2024
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको […]

February 22, 2024
दैनिक चार घण्टा गाडी रोकेर काम हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतवारदेखि बन्द नहुने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ […]

February 18, 2024
पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई […]

February 18, 2024
बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram