काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
वर्षेनी थपिन्छन् लमजुङमा तीन हजार टाइफाइडका बिरामी

लमजुङ, २८ चैत्र । टाईफाइडविरुद्धको खोप अभियान लमजुङमा शुक्रबार देखि सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान ३० चैतसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
लमजुङमा पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशत टाइफाइड हुने गरेको छ । तीन वर्षको तथ्याङ्कअनुसार यहाँ वर्षेनी करिब तीन हजारमा टाइफाइड हुने गरेको कार्यालयको तथ्यांक छ ।
देशभरी एकै चरणमा २५ चैत ०७८ देखि १८ वैशाख ०७९ भित्र सम्पन्न गर्ने भए पनि लमजुङमा भने २५ देखि ३० चैतसम्म अभियान सञ्चालन गरिएकोे स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एक मात्रा खोप लगाइनेछ ।
४१ हजार दुई सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको उनको भनाइ
छ । नियमित खोप मार्फत१५ महिनाका सबै बालबालिकालाई एक मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन भएकोे दवाडीले बताए । नेपालमा पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेका छन् ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]