कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –
चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् ।
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना मगर प्रथम बनेकी हुन् ।
चितवन महोत्सव स्वास्थ्य समिति संयोजक श्रीकृष्ण लम्सालका अनुसार प्रतियोगितामा स्टार्स मन्टेश्वरीकी दिव्यान्सी विष्ट दोश्रो, कलर्श मन्टेश्वरीकी अन्शुमम भुजेल तेश्रो र स्टार्स मन्टेश्वरीकी प्रिस्का श्रेष्ठ चौंथो बनिन् । प्रतियोगितामा २६ जनाले भाग लिएका थिए ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ जारी छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
पुष २५ गते बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल भोलि माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन भइरहेको छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]