Listen Live: 

चितवन समाज युकेद्वारा झुवानी माविका विपन्न विद्यार्थीलाई सहयोग

Radio Chitwan
आइतवार, माघ ६, २०८१

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका दृष्ट्रिविहीन सहित विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरिएको छ । चितवन समाज युकेले सो विद्यालयमा सात जना दृष्ट्रिविहीन सहित १११ जना विद्यार्थीहरुलाई पोसाक तथा झोला प्रदान गरेको हो । चितवन समाज युकेका पूर्व कोषाध्यक्ष तथा चितवन समाज लण्डनका संयोजक झलक सुवेदीको पहलमा १ लाख ३० हजार बराबरको स्कुल पोसाक र झोला वितरण गरिएको हो । विद्यालयमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष बालकृष्ण चापागाईँ, विद्यालयका अध्यक्ष कृष्णप्रसाद खतिवडा र चितवन समाज लण्डनका संयोजक झलक सुवेदीले विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । चितवन समाज लण्डनका संयोजक सुवेदीले चितवन समाज युकेका अध्यक्ष खेम शर्मा, संस्थापक अध्यक्ष शान्ताविनोद लामिछाने र पूर्व अध्यक्ष शालिक सापकोटाको सक्रियतामा युकेमा रहेका नेपालीहरुबाट संकलित रकम विपन्न विद्यार्थीहरुको शिक्षाको लागि प्रदान गरिएको बताए । न्यानो कपडा किन्न नसकेर जाडोमा कठ्याङ्ग्रिएर विद्यालय आउने बालबालिकाको पहिचान गरी स्विटर र झोला प्रदान गरिएको बताए । प्रवासमा रहेका नेपालीको हितका लागि स्थापना गरिएको संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि सहयोग गरिएको सुवेदीको भनाई छ । चितवन समाज युकेले नेपालमा यस अघि भूकम्प पीडित र विपन्न समुदायको उपचारमा सहयोग गरेको स्मरण गरे । जाडोमा लगाउन स्विटर र विताब बोक्ने झोला पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । वडाध्यक्ष चापागाईँले चितवन समाज युकेले झुवानी माविका बालबालिकालाई गरेको लगानी अर्थपूर्ण रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जाडो महिनामा न्यानो कपडा र किसाब बोक्ने झोला सहयोग गरेर चितवन समाज युकेले उदाहरणीय काम गरेको भन्दै धन्यावाद दिए । विद्यालयका प्रधानाध्यापक नवीनचन्द्र शर्माले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षण सिकाइमा प्रविधिको प्रगोगमा जोड दिएको भन्दै चितवन समाज युकेले विपन्न विद्यार्थीका लागि गरेको सहयोगले बालबालिकाको शिक्षामा ठुलो राहत मिलेको बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram