Listen Live: 

नेपालमा हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप आइसक्यो, ९३ प्रतिशतले खोप लगाए

Radio Chitwan
आइतवार, चैत्र २७, २०७८

काठमाडौँ, २७ चैत्र । पछिल्लो समय खोप केन्द्रमा कोरोनाविरुद्ध खोप लगाउन जानेको संख्या न्यून हुन थालेपछि देशभरि कोरोना विरुद्धको खोप थुप्रिन थालेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका अनुसार देशभरि १ करोड २३ लाख ३१ हजार मात्रा कोरोना विरुद्धको खोप मौज्दातमा रहेको छ ।
आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र, प्रदेश र जिल्ला गरी हाल देशभरि १ करोड २३ लाख ३१ हजार १ सय ८९ मात्रा खोप मौज्दात रहेको बताए ।
कुन प्रदेशमा कति खोप छ रु
फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार हाल टेकुस्थित केन्द्रीय खोप भण्डार कक्षमा ८७ लाख ३७ हजार ८ सय ५० मात्रा खोप मौज्दात रहेको छ । प्रदेश १ मा ९ लाख ९३ हजार ८ सय ३२ मात्रा, मधेश प्रदेशमा ६ लाख ९८ हजार २ सय ६६ मात्रा, बागमती प्रदेशको हेटौँडामा २ लाख १९ हजार ९ सय ८१ मात्रा र बागमती प्रदेशका १० जिल्लामा ८ लाख २९ हजार ४ सय ७३ मात्रा खोप मौज्दात रहेको छ ।
गण्डकी प्रदेशमा १ लाख २४ हजार ३ सय ५१ मात्रा, लुम्बिनी प्रदेशमा ५ लाख २७ हजार ४ सय ७१ मात्रा, कर्णाली प्रदेशमा १ लाख ३७ हजार २ सय २३ मात्रा र सुदूरपश्चिम प्रदेशमा १ लाख १८ हजार ७ सय ४२ मात्रा खोप मौज्दात रहेको छ ।
कुन खोप कति छ रु
उनका अनुसार हाल कोभिसिल्ड २६ लाख ६० हजार १ सय ७० मात्रा, साइनोभेक ४० लाख मात्रा, ७१ हजार २ सय ४ मात्रा, जोनसन एण्ड जोनसन २ लाख ८६ हजार २ सय ५३ मात्रा, अष्ट्राजेनेका १६ लाख ५७ हजार ३ सय ८२ मात्रा, फाइजर १५ लाख ३ हजार ६ सय ९० मात्रा र मोडर्ना खोप १६ लाख ५२ हजार ५ सय १० मात्रा खोप मौज्दात रहेको छ । उनले भने, ‘पछिल्लो समय प्रदेश तथा केन्द्रमा पर्याप्त मात्रामा खोपको मौज्दात छ, अहिले सबैभन्दा धेरै भेरोसेल खोप मौज्दात रहेको छ ।’
कोरोनाविरुद्ध खोप अभियान शुरु भएपछि नेपालमा हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा आइसकेको छ भने ९३ प्रतिशत लक्षित जनसंख्याले खोप लगाइसकेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram